गाउँमा छैनन् युवा, महिलाले नै गर्छन् दाहसंस्कार

गाउँमा छैनन् युवा, महिलाले नै गर्छन् दाहसंस्कार
गुल्मी । सत्यवती गाउँपालिका–५ कि यशोदा सापकोटा २७ माघमा ससुराको मलाम गइन् । गाउँका दिदी–बहिनीले साथ दिए । ती महिला शव बोकेर घाट मात्रै पुगेनन्, दाहसंस्कार गरेर घर फिर्ता भए । उनीहरूले शव बोकेको देख्दा र मलामी जाँदा गाउँमा धर्म हराएको मान्नेहरू पनि भेटिए । तर, कतिले उनीहरूको हिम्मतलाई सम्मान पनि गरे । तर, सत्यवती गाउँपालिका मात्रै होइन, वरपरका अन्य गाउँमा समेत महिला शव बोकेर घाट जान्छन् । अरू जो...

मधेसी मोर्चालाई मनाउन यस्तो आउँदै छ संशोधन विधेयक

मधेसी मोर्चालाई मनाउन यस्तो आउँदै छ संशोधन विधेयक
काठमाडौं । सरकारले असन्तुष्ट मधेसी मोर्चालाई मनाउन नयाँ संशोधन विधेयक तयार पारेको छ । सरकारले तयार पारेको संशोधन विधेयकमा भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व, मातृभाषालगायत विषय छन् । भाषाका विषयमा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरेका भाषाहरुलाई पनि संविधानको अनुसूची थप गरी समाधान गर्ने संशोधन विधेयकमा उल्लेख छ ।नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम...

चार खण्डमा बाँडेर विमानस्थल विस्तार गरिँदै, के–के हुँदैछ विस्तार ?

चार खण्डमा बाँडेर विमानस्थल विस्तार गरिँदै, के–के हुँदैछ विस्तार ?
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल विस्तार कार्यलाई चार खण्डमा बाँडेर अघि बढाउने भएको छ । यसका लागि तीन वटा टेण्डर खुलिसकेको छ भने बाँकी एउटा टेन्डर चाँडै खोल्ने तयारी छ । प्राधिकरणले रनवे, पार्किङ, टर्मिनल भवन तथा कन्भेयर बेल्टको विस्तारका लागि काम सुरु गरेको हो । गत मार्च ५ मा खोलिएको तीन वटा टेण्डरको म्याद अप्रिल १५ सम्म रहेको छ । प्राधिकरणले रन वे विस्तारको लागि खोलेको...

अमेरिकाद्वारा सिरियामाथि हवाई आक्रमण

अमेरिकाद्वारा सिरियामाथि हवाई आक्रमण
दमास्कस । अमेरिकी हवाई सेनाले गृह युद्धमा होमिएको सिरियामाथि आक्रमण शुरु गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सेनाले ५९ वटा क्रुज मिसाइल सिरियाली सेनाको हवाई अड्डामा प्रहार गरेका छन् । उक्त आक्रमणबाट भएको क्षति विवरण अझै थाहा हुन सकेको छैन।आक्रमणबाट सिरियाको सैन्य अड्डामा निकै ठूलो क्षति भएको अमेरिकाले दाबी गरेको छ । सिरियामा गृह युद्ध शुरु भएको ६ वर्षमा पहिलो पटक अमेरिका...

आखिर नयाँ के छ स्थानीय तहमा ? काम, कर्तव्य र अधिकार यस्ता छन

आखिर नयाँ के छ स्थानीय तहमा ? काम, कर्तव्य र अधिकार यस्ता छन
काठमाडाैं । संविधानतः स्थानीय तह कार्यान्वयन भएसँगै ती तहले गर्ने अधिकार तथा कामबारे विस्तृतीकरण भएको छ । मुख्यसचिव डा. सोमलाल सुवेदी नेतृत्वको संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचनासम्बन्धी उच्चस्तरीय समन्वय समितिले संघ, प्रदेश र स्थानीय तहको अधिकारसूचीको विस्तृतीकरण गरेको हो । संविधानले तोकेका महत्वपूर्ण अधिकार क्षेत्रलाई विस्तृतीकरण गरी समितिले स्थानीय तहका तीन सय ५७ काम पहिचान गरेको छ ...

वैशाखदेखि देशभर लोडसेडिङ नहुने

वैशाखदेखि देशभर लोडसेडिङ नहुने
काठमाडौं । दैनिक घन्टौं लोडसेडिङको सामना गर्दै आएका उपभोक्ताले वैशाखदेखि भने त्यस्तो समस्या झेल्न नपर्ने भएको छ । बिहान र बेलुकाको पिक आवरमा समेत विद्युत्त कटौती गर्न छाडेको नेपाल विद्युत्त प्राधिकरणले आगामी वैशाखदेखि मुलुकभरबाट पूर्ण रुपमा लोडसेडिङ हटाउने घोषणा गरेको छ । प्राधिकरणको यस घोषणासँगै लोडसेडिङका कारण वर्षौंदेखि सास्ती बेहोर्दै आएका उपभोक्तालाई राहत मिल्ने भएको छ । प्राधिकरणका कार्यक...

जनसंख्याका आधारमा स्थानीय तहः काठमाडौंमा थप्ने कि मधेसमा ?

जनसंख्याका आधारमा स्थानीय तहः काठमाडौंमा थप्ने कि मधेसमा ?
काठमाडौं । मधेसकेन्द्रित दलहरुले दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढाउनुपर्ने माग गर्दै आएका छन् । तर, जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप्ने नै हो भने ‘मधेस’मा होइन, ‘काठमाडौं’मा चाहिँ संख्या थप गर्नुपर्ने देखिएको छ । दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या बढाउनुपर्ने माग गर्दै आएका मधेसकेन्द्रित दलहरुको तर्क छ कि अहिले तोकिएको स्थानीय तह जनसंख्या अनुसार भएन । तर, दुई नम्बर प्रदेशका...

निर्वाचन आयोग घेर्न गएका डा. बाबुराम भट्टराई पक्राउ

निर्वाचन आयोग घेर्न गएका डा. बाबुराम भट्टराई पक्राउ
काठमाडौं । निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छन् । प्रहरीले भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पनि पक्राउ गरेको छ । दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय बहादुरभवनम...

मतदातासँग रवीन्द्र मिश्रको गुनासो- मेनु हेर्‍यो हेर्‍यो, लास्टमा म:म: मगायो !

मतदातासँग रवीन्द्र मिश्रको गुनासो- मेनु हेर्‍यो हेर्‍यो, लास्टमा म:म: मगायो !
पोखरा । ‘साझा पार्टी’ खोलेपछि सार्वजनिक मञ्चमा खासै नदेखिएका निवर्तमान पत्रकार एवं वर्तमान नेता रविन्द्र मिश्र शुक्रबार पोखरामा बिग एफएमले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रवचनकर्ताका रुपमा उपस्थित भए । मन्तव्यका क्रममा मिश्रले यो देशका नेतामात्रै होइन, मतदातालाई समेत खराब भन्नुपर्ने दिन नआओस् भन्दै सचेत गराए । होटलको मेनु हेरेजसरी मतपत्र हेरेर अन्तिममा आफ्नै बाबुबाजेकै पार्टीलाई भोट हाल्ने...

चुनावी सभाहरुमा शीर्ष नेतृत्वलाई सहभागी गराउने कांग्रेसको निर्णय

चुनावी सभाहरुमा शीर्ष नेतृत्वलाई सहभागी गराउने कांग्रेसको निर्णय
काठमाडाैं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन प्रचार-प्रसार अभियानमा पार्टीका शीर्ष नेताहरुलाई गाउँ तहसम्मै सहभागी गराउने भएको छ । निर्वाचन परिचालन समितिको शुक्रबार बसेको बैठकले स्थानीय तहमा आयोजना हुने सबै जनसभामा पार्टी सभापतिसहित शीर्ष नेताहरुलाई सहभागी गराउने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक बसेको निर्वाचन परिचालन समितिको बैठकले गाउँ तहसम्मकै निर्वाचनको प...
error: Content is protected !!