वर्षा र हुस्सुले चियामा असर

वर्षा र हुस्सुले चियामा असर

इलाम, १२ कात्तिक । सिँचाइ अभावले बर्सेनि सन्तोषजनक उत्पादन हुन नसकेको चियामा यो वर्ष बढी वर्षाका कारण असर पुगेको छ । पोहोर हिउँददेखिकै लगातारको झरी र हुस्सुले यो वर्ष जिल्लामा उत्पादन घटेको उद्योगी–किसानले बताएका छन्। यो वर्ष पहाडी क्षेत्रको चियालाई आवश्यकभन्दा बढी पानी परेकाले सबैजसो बगान र उद्योगमा चिया उत्पादन घटेको व्यवसायीले बताए । अघिल्ला वर्षहरूमा हिउँदमा सिँचाइ अभाव र चैत–वैशाखमा खडेरी ...
तराईको ‘सरप्राइज’: बाढीमा डुबेको धानको नयाँ रेकर्ड

तराईको ‘सरप्राइज’: बाढीमा डुबेको धानको नयाँ रेकर्ड

काठमाडौं, १२ कात्तिक । गत साउनमा बाढीले तराई तहसनहस पार्दै गर्दा सबैैको अनुमान थियो, यस वर्ष धानको उत्पादन ह्वात्तै घटेर चामलमा परनिर्भरता बढ्छ । कतिपयले त आर्थिक वृद्धिमै असर पुग्ने अनुमानसमेत नगरेका होइनन् । धान भित्र्याउने समयमा भने तराईले ‘सरप्राइज’ नै दिएको छ । विभिन्न जिल्लाबाट वर्षे धान उत्पादन वृद्धिको प्रारम्भिक तथ्यांक आएपछि काठमाडौंका कृषि अधिकारीहरु तीनछक छन् । गत वर्ष कत्ति पनि उत...
विद्यालयलाई २२ लाख सहयोग

विद्यालयलाई २२ लाख सहयोग

बागलुङ, १२ कात्तिक । बागलुङको गलकोटमा रहेको जनजागृति माध्यामिक विद्यालय स्तरोन्नतीका लागि जापानमा बसोबास गर्दै आएका गलकोटेहरुले २२ लाख रुपैयाँ सहयोग गरेका छन् । विद्यालयको हिरक महोत्सव सफल पार्न र विद्यालयको थप उन्नति र प्रगतिका निम्ति जापानमा रहेका स्थानीयहरुबाट २२ लाख भन्दा बढी आर्थिक सहयोग संकलन भएको विद्यालयका प्रधानध्यापक तेजेन्द्र बुढाथोकीले जानकारी दिए । वि.सं २०१४ सालमा स्थापना भएको वि...
धनकुटामा असिनाले पाक्न लागेको धानबाली नष्ट

धनकुटामा असिनाले पाक्न लागेको धानबाली नष्ट

धनकुटा, ११ कात्तिक । धनकुटाको महालक्ष्मी नगरपालिका–२ मा शनिवार अपरान्ह परेको भीषण असिनापानीले सयौं रोपनी क्षेत्रफलमा लगाईएको पाक्न लागेको धानबाली नष्ट गरेको छ । महालक्ष्मी नगरपालिका–२ स्थित छ्यालुङ्, लावेक, पुवारगाउ‘, नेवारगाउ‘ लगायत क्षेत्रमा लगाइएको धानबाली असिनाले नष्ट गरेको स्थानीय डम्बर कटुवालले संगालोखबरलाई जानकारी दिएका छन । उनका अनुसार करिब आधा घण्टा असिनासहितको पानी परेपछि धान बालि नष...
कृषिजन्य उद्योगलाई प्रोत्साहन गरिन्छ : उद्योग मन्त्री थापा

कृषिजन्य उद्योगलाई प्रोत्साहन गरिन्छ : उद्योग मन्त्री थापा

धनकुटा, ११ कात्तिक । उद्योगमन्त्री सुनिलबहादुर थापाले आयात कम गरी निर्यात बनाउँनका लागि कृषिमा आधारित उद्योगहरुलाई प्रोत्साहन गरिने बताएका छन । गृह जिल्ला धनकुटा आइपुगेका मन्त्री थापाले आज रिपोर्टस क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै निर्यात योग्य बस्तुको प्रवद्र्धनमा सरकार लागि परेको बताएका हुन । ब्यापार घाटा बर्षेनी बढ्दै गएर मुलुकको अर्थतन्त्र कमजोर भएको प्रति चिन्ता ब्यक्त गर्दै मन्...
जिल्लामा सञ्चालित सयौँ योजना अलपत्र,बजेट कार्यान्वयनमा समस्या

जिल्लामा सञ्चालित सयौँ योजना अलपत्र,बजेट कार्यान्वयनमा समस्या

पाल्पा, ९ कार्तिक । चालु आर्थिक वर्षको तीन महिना वितिसक्दा पनि विकासका लागि विनियोजित रकमको खर्च गर्ने अख्तियारी नआउँदा जिल्लामा सञ्चालित सयौँ योजना अलपत्र अवस्थामा छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयअन्तर्गतका कार्यालयमा विकास बजेट खर्च गर्ने अख्तियारी नआएका कारण खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयद्वारा सञ्चालित योजना अलपत्र परेका हुन् । विकास बजेट खर्च गर्ने अख्तियारी नआएका कारण कार्यालयमा का...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं, २९ असोज । असोज महिनाको अन्तिम हप्ताको साताको पहिलो दिन आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । आज सुन प्रतितोला दुई सय रुपैयाँले वृद्धि भएको हो । चाँदीको मूल्य भने यथावत छ । सुन आज प्रतितोला ५६ हजार ७ सय रुपैया र चाँदी ७ सय ७५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत हप्ता सुन ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
म्यादी प्रहरीका लागि पाँच अर्ब खर्च लाग्ने

म्यादी प्रहरीका लागि पाँच अर्ब खर्च लाग्ने

काठमाडौं, २९ असोज । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा म्यादी प्रहरीका लागि मात्रै पाँच अर्ब रुपैयाँ खर्च हुने भएको छ । निर्वाचन दुई चरणमा हुने भन्दै सुरक्षा निकायले करिब एक लाखको संख्यामा म्यादी प्रहरी भर्ना गर्ने भएपछि खर्च पाँच अर्ब रुपैयाँभन्दा बढी भएको हो । आम निर्वाचनमा यति धेरै संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागेको यो पहिलोपटक हो । अर्थ मन्त्रालयका एक उच्च...
कृषकलाई अलैँची टिप्ने चटारो

कृषकलाई अलैँची टिप्ने चटारो

बेँसीशहर, २७ असोज । छिनखोलाकी चितारीमाया तामाङको पिँढीमा अलैँचीको थुप्रो लागेको छ । छोरीसहित अलैँचीको थुप्रो वरिपरि बसेर अलैँची छोडाउन व्यस्त हुनुहुन्छ । दशैँ सकियो, तिहार आउँदैछ तर पनि छिनखोलामा चाडपर्वको खासै चहलपहल छैन । अलैँची पाकेपछि किसानलाई टिप्न, छोडाउन र सुकाउन भ्याईनभ्याई छ । अन्यत्र बडादशैँ, तिहारलगायतका चाडपर्वको रमझम छ । अलैँची किसानलाई भने अलैँची व्यवस्थापन गर्दा फुर्सद नै छैन । ...
तिहार र छठ पर्वलाई लक्षित गरेर पाँच करोडको स्याउ आयात

तिहार र छठ पर्वलाई लक्षित गरेर पाँच करोडको स्याउ आयात

पथरी, मोरङ, २७ असोज । हिन्दूहरुको महान्पर्व तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले रु पाँच करोड रकम बराबरको स्याउ आयात गरेका छन् । फलफूल व्यवसायी संघका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार पूर्वाञ्चलका लागि रु पाँच करोड मूल्य बराबरको ७५ ट्रक अर्थात् एक करोड ५० लाख काटुन स्याउ आयात गरिएको हो । एक ट्रकमा दुई हजार कार्टुन स्याउ आयात हुन्छ । पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका अधिकृत विक्...