तिहारलाई १५ लाख माला आवश्यक, एउटाको मूल्य ७० रुपैयाँसम्म

तिहारलाई १५ लाख माला आवश्यक, एउटाको मूल्य ७० रुपैयाँसम्म

काठमाडौं, २७ असोज । हरेक तिहारमा मुलुकभर करिब १५ लाख थान माला खपत हुने नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार त्यसका लागि आवश्यक फूल जुटाउन व्यवसायी लागिपरेका छन् । ‘आन्तरिक उत्पादनलाई हेरेर विदेशबाट पनि आयात गर्ने तयारीमा छौं,’ उनले भने । करिब तीन लाख थान मालाका लागि फूल अपुग हुने एसोसिएसनको अनुमान छ । फूल आयात मूलतः भारतबाटै हुन्छ । श्रेष्ठका ...
तेह्रथुम, संखुवासभा र धनकुटाका बजारमा तरकारीको मूल्य आकासियो

तेह्रथुम, संखुवासभा र धनकुटाका बजारमा तरकारीको मूल्य आकासियो

तेह्रथुम । दसैँ अघिसम्म सस्तो रहेको बन्दागोभी, काउली र मुलाको मूल्य चाडबाड लागेसँगै अकासिएको छ । दसैँअघि बजारमा प्रतिकिलो रु तीनमा पाइने बन्दागोभीको मूल्य बढेर रु १६ पुगेको छ । चार देखि पाँच रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको मुलाको मूल्य रु १५ पुगेको छ । त्यस्तै, दसैँ अघि प्रतिकिलो रु २५ का दरले बिक्री भएको काउलीको मूल्य रु ४० पुगेको छ । तेह्रथुम, संखुवासभा र धनकुटाका किसानले बारीमा लगाएको बे...
दूध बिक्री गरी चार करोड आम्दानी

दूध बिक्री गरी चार करोड आम्दानी

पाल्पा, २५ असोज । डुम्रे क्षेत्रका किसान उन्नत जातका गाईभैँसीपालनतर्फ आकर्षित हुँदै गएका छन् । मदनपोखरा, मस्याम, तेल्घा, रुप्से, कोलडाडा, दोभान, र ठिमुरे क्षेत्रमा उन्नत गाईभैँसीपालन गर्न थालेपछि यहाँका किसानले दैनिक दुई हजार ५०० लिटर दूध उत्पादन गर्न थालेका छन् । उक्त क्षेत्रबाट वार्षिक नौ लाख लिटर दूध उत्पादन भई जिल्लाबाहिर बिक्रीका लागि पठाउने गरिएको छ । सो क्षेत्रका किसानले आव २०७३÷७४ मा र...
कोरियाबाट रेमिट्यान्स कम्पनीले नै नेपालमा पैसा पठाउन थाले, हुण्डी घट्ने अपेक्षा

कोरियाबाट रेमिट्यान्स कम्पनीले नै नेपालमा पैसा पठाउन थाले, हुण्डी घट्ने अपेक्षा

काठमाडौं, २५ असोज । कोरियाबाट नेपालमा रेमिट्यान्स कम्पनीमार्फत पैसा आउन थालेको छ । बैंकमार्फत मात्रैै रकम पठाउनसक्ने नीति परिमार्जन गर्दै कोरियाले रेमिट्यान्स कम्पनीलाई पनि कारोबारमा भित्र्याएको छ । दक्षिण कोरियाली सरकारले साना मनी ट्रान्सफर कम्पनीलाई पनि रकम पठाउने अनुमति दिएपछि त्यसको लाभ नेपालीले पनि उठाउन सुरु गरेका छन् । मनी ट्रान्सफरबाटै रकम पठाउन सकिने भएपछि कोरियाका कार्यारत नेपालीलाई ...
पुष्प प्रदर्शनी शुक्रबारदेखि जावलाखेलमा

पुष्प प्रदर्शनी शुक्रबारदेखि जावलाखेलमा

काठमाडौ, २५ असोज । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा दीपावलीको अवसरमा ललितपुरको जावलाखेलमा ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेला हुने भएको छ । यही असोज २६ गतेदेखि २९ गतेसम्म जावलाखेलको खेल मैदानमा सञ्चालन हुने मेलामा पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा तथा पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा अन्तक्र्रिया समेत हुनेछ । यहाँ मंगलबार आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका अध्...
अग्र्यानिक अकबरे बन्दैछ, तेह्रथुम छथरको कोसेली

अग्र्यानिक अकबरे बन्दैछ, तेह्रथुम छथरको कोसेली

तेह्रथुम,२४ असोज । छथर गाउँपालिकामा उत्पादन भएको अकबरे खुर्सानी यहाँको कोसेलीको रुपमा परिचित बनेको छ । यहाँ आएर फर्किने तथा देश विदेशमा रहनेले अकबरे खुर्सानी र यसका परिकारलाई कोसेलीको रुपमा प्रयोग गर्न थालेका हुन् । कृषकले व्यावसायिक रुपमा अकबरेखेती गर्न थालेपछि स्थानीयस्तरमै यसका विभिन्न परिकारसमेत तयार भइरहेका छन् । केहीवर्ष अघिसम्म आफ्नै लागि किनेर खुर्सानी प्रयोग गर्ने किसानले अहिले व्यावस...
अब कोरियाबाट नेपालमा रकम पठाउन सहज

अब कोरियाबाट नेपालमा रकम पठाउन सहज

असोज,२४ असोज । दक्षिण कोरिया सरकारले साना मनि ट्रान्सफर कम्पनीलाई पनि रकम पठाउने अनुमति दिएको छ । साना कम्पनीलाई पनि रकम पठाउन अनुमति दिएसँगै अब कोरियाबाट रकम पठाउन सहज हुने प्रवासी मजदुर संगठन (एमटियु) का प्रचारप्रसार विभाग प्रमुख मधुसुदन ओझाले बताउनुभयो । यसअघि बैंकहरुलाई मात्रै रकम ट्रान्सफर गर्ने अनुमती थियो । अनुमती पाएसँगै ग्लोबल मनि एक्सप्रेस (जिएमई) ले मंगलबार बाटै सेवा सुरु गरेको छ । अ...
सुनको भाउ बढयो

सुनको भाउ बढयो

काठमाडौं,२३ असोज । आज पनि नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुन प्रतितोला २ सय रुपैयाँ बढेको छ भने चाँदी पाँच रुपैया बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ५६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी ७ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सात सय ६० रुपैयाँ थियो ।
सुन आयात ५० प्रतिशतले बढ्यो

सुन आयात ५० प्रतिशतले बढ्यो

काठमाडौं,२३ असोज । सरकारले झिटीगुन्टा अन्तर्गत सुन ल्याउन पाउने व्यवस्था हटाएपछि बैंकबाट सुन आयात ह्वात्तै बढेको छ । चालु आर्थिक वर्ष सुरु भएको ७७ दिनमा बैंकहरुले एक हजार पाँच सय ५० किलोे सुन आयात गरेका छन् । यो अघिल्लो आवको तुलनामा ५० प्रतिशतभन्दा बढी हो । गत वर्ष यही अवधिमा एक हजार किलो सुन आयात भएको थियो । सरकारले सुन आयात गर्न २० वाणिज्य बैंकलाई अनुमति दिएको छ । सरकारले पहिले वैदेशिक रोजग...
तेह्रथुमसहित उच्च पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटी पाँचऔंले अवैध चोरी निकासीले लोप हुँदै

तेह्रथुमसहित उच्च पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटी पाँचऔंले अवैध चोरी निकासीले लोप हुँदै

तेह्रथुम,२३ असोज । तेह्रथुमसहित उच्च पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटी पाँचऔंले लोप हुँदै गएको छ। अन्तर्राष्ट्रिय बजारमा यसकोे मूल्य अकासिएपछि अवैध चोरी निकासी बढेकाले यो वनस्पति लोप हुँदै गएको हो।  कोशी पहाडका तेह्रथुम र संखुवासभा, मेची पहाडका ताप्लेजुङ र पाँचथरका उच्च क्षेत्रमा पाइने पाँचऔंलेको मूल्य अकासिएकाले समय अगावै टिप्न थालेपछि जंगलमा बीउ समेत मासिन थालेको तीनजुरे हात्तीसार सामुदायिक ...