छोराको कुटाइबाट आमाको मृत्यु

छोराको कुटाइबाट आमाको मृत्यु
चितवन ।  भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ बर्षिया सविता दरैलाई आफ्नै छोरा २० बर्षियआशिष दरैले विहान करिव १० बजे बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो । मादकपदार्थ सेवन गरेकी आमालाई सुधार्न भन्दै बाँधेर कुचो र हातले पिट्ने क्रममा उनी गम्भीर घाइते भएको प्रह...

ट्राफिक कार्यालय कास्कीवाट सत्ताइस लाख राजश्व संकलन

ट्राफिक कार्यालय कास्कीवाट सत्ताइस लाख राजश्व संकलन
पोखरा।  जिल्ला ट्राफिक कार्यालय कास्कीले चालु आर्थिक वर्ष २०७४÷७५ को साउन महिनामा सवारी नियम उल्लङ्घन र मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकलाई कारबाही गरी रु २७ लाख ७४ हजार राजश्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक शिवबहादुर थापाका अनुसार सो अवधिमा मोटरसाइकल, कार–जिप–बस र अन्य गरी तीन हजार ७५० सवारीसाधनका चालक कारबाहीमा परेका थिए । सो अवधिमा सवारीसाधन दुर्घटन...

प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा

प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा
काठमाडौँ। सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति आगामी मंसिर २१ गतेलाई तोकेको छ । यसअघि सरकारले दुबै निर्वाचन एकैपटक गर्ने निर्णय गर्दै आगामी मंसिर...

१७ वर्षपछि इंग्ल्याण्डको भूमिमा वेस्ट इन्डिजको जीत

१७ वर्षपछि इंग्ल्याण्डको भूमिमा वेस्ट इन्डिजको जीत
हेडिङ्ली । निकै रोमाञ्चक बनेको खेलमा वेस्ट इन्डिजले ३ सय २२ रनको लक्ष्य पछ्याउँदै इंग्ल्याण्डको भूमिमा १७ वर्षपछि टेस्ट म्याच जित्न सफल भएको छ । दोस्रो टेस्टमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको हो । शाइ होपले नट आउट रहँदै ११८ रन तथा ओपनर केभिन ब्राथवेटले ९५ रन बनाएपछि वेस्ट इन्डिजले अन्तिम दिन जीत निकाल्न सफल भयो । होपले २११ बलमा १४ चौकासहित सो रन बनाए । उनले नै विजयी रन हिर्काएका थिए । उता, प...

क्यान्सरका कारण कैद भुक्तान गरिरहेका विदेशी नागरिकको मृत्यु

क्यान्सरका कारण कैद भुक्तान गरिरहेका विदेशी नागरिकको मृत्यु
चितवन । चितवनको भरतपुर कारागारमा कैद भुक्तान गरिरहेका विदेशी नागरिकको क्यान्सर रोगका कारण आज बिहान मृत्यु भएको छ । खोटा चलन (नक्कली पैसासम्बन्धी) मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७० वैशाख २ गते दोषी ठहर गरी कारागार चलान भएकी पाकिस्तानी नागरिक जुलेखा बानोको आज बिहान ७ बजे मृत्यु भएको भरतपुर कारागारका जेलर कमल काफ्लेले जानकारी दिए । उहाँका अनुसार स्तन क्यान्सरबाट पीडित बानोको उपचारकै क्रममा मृत्...

मुस्ताङका थकाली समुदाय फालो पर्व मनाउँदै

मुस्ताङका थकाली समुदाय फालो पर्व मनाउँदै
मुस्ताङ । मुस्ताङको थाक सातसय क्षेत्रअन्तर्गतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलिक पर्व कुमार यात्रा फालो मंगलबारदेखि शुरु भएको छ । थकाली समुदायको उद्गमस्थल थासाङ गाउँपालिका–२ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तीन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ । फालो पर्वको थासाङ गाउँपालिकाका अध्यक्ष वुद्धिप्रसाद शेरचनले उद्घाटन गर्नुभएको थियो । गौचन, त...

कौडीको भाउमा भृकुटीमण्डपको जग्गा, सांसद् भए मालामाल

कौडीको भाउमा भृकुटीमण्डपको जग्गा, सांसद् भए मालामाल
काठमाडौं, १३ भदौ। राजधानीको केन्द्रस्थित भृकुटीमण्डपभित्र रहेको सार्वजनिक जग्गा एक सांसदले कौडीको भाउमा ठेक्कामा लिएर करोडौं आर्जन गरिरहेका छन् । समाजकल्याण परिषदको नाममा प्रदर्शनीमार्गमा रहेको फनपार्कको ६० रोपनी जग्गा र सँगैको २५ रोपनी जग्गा सस्तो भाडामा दरमा लिएर सांसद् टेकबहादुर गुरुङले व्यवसाय सञ्चालन गरिरहेका हुन् । मनाङ धारापानीका रवीन्द्र गुरुङ (हाल लन्डन) को वारेसमा पूर्वराज्यमन्त्री भइस...

स्नातक तह पहिलो वर्षको परीक्षा फेरि सर्‍यो

स्नातक तह पहिलो वर्षको परीक्षा फेरि सर्‍यो
काठमाडौं । त्रिभुवन विश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यालयले तीन र चार वर्षे स्नातक तहको पहिलो वर्षको भदौ १७ गते हुने परीक्षा सारेको छ । मुस्लिमको महान चाड बकर इद १७ गते परेकाले परीक्षा सारिएको परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर जानकारी गराएको छ । भदौ १७ गते हुने तय भएको परीक्षा भदौ ३१ गते हुनेछ । यसअघि तरार्इमा अाएको बाढी र डुवानका कारण परीक्षाा सारिएको थियो ।

एनआरएन युकेमा ५३ उम्मेदवार

एनआरएन युकेमा ५३ उम्मेदवार
काठमाडौं। गैरआवाशिय नेपाली संघ युकेको आगामी नेतृत्वका लागि तीन जनाको उम्मेदवारी परेको छ । सेप्टेम्बर ९ मा हुने अधिबेशनका लागि अध्यक्षमा कृष्ण तिमिल्सेना, योग कुमार फगामी र हिराधन राईको उम्मेदवारी परेको छ । उपाध्यक्षमा दिपक श्रेष्ठ, ललित न्यौपाने ,शेर सुनारले उम्मेदवारी दर्ता गरेका छन् । छ जनाको पदका लागि ११ जनाले उपाध्यक्षमा भिड्ने भएका छन् । उपाध्यक्षका लागि पुनम गुरुङ, दयानिधी सापकोटा, सुशिल...

पारिवारिक विखण्डनले गाँज्दैछ नेपाली समाजलाई

पारिवारिक विखण्डनले गाँज्दैछ नेपाली समाजलाई
काठमाडौ। मकवानपुरकी रश्मि (नाम परिवर्तन) विश्वकर्माको १६ वर्षको उमेरमा प्रेम विवाह भयो । विवाहको एक वर्षपछि रश्मिका श्रीमान् रमेश पैसा कमाउन कुबेत गए । श्रीमतीलाई पैसा पनि पठाउन थाले । रश्मिका दिनहरु राम्रैसँग बित्दै गए । समय बित्दै जाँदा रश्मिको अर्को केटासँग निकटता बढ्दै गयो । श्रीमान् तीन वर्षपछि खाडीबाट नेपाल फर्किए । विमानस्थलमा रश्मिकोे प्रतीक्षामा बसिरहेका रमेशले थाहा पाए कि त्यही दिन रश...
error: Content is protected !!