स्मार्ट लाईसेन्स मनपरी गर्नेलाई मन्त्रीको संरक्षण

स्मार्ट लाईसेन्स मनपरी गर्नेलाई मन्त्रीको संरक्षण
काठमाडौँ, ९ जेठ । सवारीसाधनको स्मार्ट लाईसेन्सका लागि सेवाग्राहीले १ बर्षसम्म कुर्नुपर्ने बाध्यता रहे पनि यसमा जिम्मेवार भारतीइ कम्पनी मद्रास सेक्युरिटीलाई सरकारले नै संरक्षण गरिरहेको छ । मद्रास सेक्युरिटी प्रिन्टर्सको दादागिरीका कारण सेवाग्राही मर्कामा परेका छन् । तर, यातायानमन्त्री रघुवीर महासेठका कारण सरकारले उल्टै उक्त कम्पनीलाई संरक्षण गरेको पाईएको छ । यातायात व्यवस्था विभागले स्मार्ट ला...

सरकारले फेसबुकसँग माग्यो एकाउन्ट विवरण

सरकारले फेसबुकसँग माग्यो एकाउन्ट विवरण
काठमाडौँ, ९ जेठ । नेपालका सरकारी निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण मागेको फेसबुकले सार्वजनिक गरेको छ । यसैसाता उसले सार्वजनिक गरेको ट्रान्सपरेन्सी प्रतिवेदनमा नेपालबाट पटकपटक गरी १ सय १० फेसबुक एकाउन्टको विवरण मागेको जनाएको छ । तीमध्ये केहीको मात्रै विवरण उपलब्ध गराएको फेसबुकको प्रतिवेदनमा छ । सन् २०१७ को जनवरीदेखि जुनसम्ममा नेपाल सरकारका विभिन्न निकायबाट ४३ पटकमा...

प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा नेकपा

प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा नेकपा
काठमाडौँ, ९ जेठ । नेकपाले प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ। एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठित नेकपा समर्थन फिर्ता लिने तयारीमा लागेको छ । तत्कालीन एमाले संसदीलय दलका नेता सत्यनारायण मण्डलले प्रदेश २ मा विपक्षी भए पनि प्रदेशको समृद्धि र शान्तिका लागि समर्थन गरेको उल्लेख गर्दे सरकारका तर्फबाट अपमानित हुनुपरेकाले समर्थन फिर्त...

आफन्तले नै यसरी पक्राउ गराएका थिए गोरेलाई

आफन्तले नै यसरी पक्राउ गराएका थिए गोरेलाई
काठमाडौं, ९ जेठ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे, आफन्तकै सहयोगमा पक्राउ परेका छन् ।  एक साताअघि गोरेको परिवारका सदस्यसँग सम्पर्क भएको देखिएपछि उच्चस्तरीय छानविन समितिका सदस्यहरूले आत्मसर्मण गराईदिने आश्वासन परिवारलाई दिएका थिए । यो आश्वासनपछि प्रहरीले आफन्तकै सहयोगमा गोरेलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । केही दिनअघि भारतको सिलगुढ...

‘गोरे’ मोरङ प्रहरी हिरासतमा, गौरीघाटबाट यसरी समातिए

‘गोरे’ मोरङ प्रहरी हिरासतमा, गौरीघाटबाट यसरी समातिए
काठमाडौँ, ९ जेठ । साढे ३३ किलो सुन तस्करी र सनम हत्या काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई मंगलबार मोरङ अदालतमा उपस्थित गराई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पठाइको छ। अभियुक्त उप्रेतीलाई प्रहरीले यति एयरलाइन्सको उडानबाट मंगलबार विराटनगर ल्याएको हो। उप्रेतीलाई ल्याइएको विमान मंगलबार दिउँसो ३ बजे विराटनगर विमानस्थलमा अवतरण गरेको थियो। चर्चित सुनकाण्ड र सनम हत्याकाण्डका मुख्य आर...

साल्ट ट्रेडिङ कर्पोरेसनमा सवा ३ अर्बको घोटाला

साल्ट ट्रेडिङ कर्पोरेसनमा सवा ३ अर्बको घोटाला
काठमाडौँ, ९ जेठ । साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानबापत प्राप्त करिब सवा ३ अर्ब रुपैयाँ अपचलन गरेको खुलेको छ । अर्थ मन्त्रालयद्वारा कर्पोरेसनमा सरकारको लगानीबारे छानबिन गर्न गठित समितिले भारत, जापान र नेपाल सरकारले दिएको वस्तुगत तथा नगद सहयोग घोटाला भएको ठहर गरेको हो । समितिको छानबिन प्रतिवेदनअनुसार कर्पोरेसनले सरकारले दिएको १ अर्ब ६३ करोड १६ लाख रुपैयाँ, जापानबाट प्राप्त ९९ करोड ३८ लाख ५२ हजार ...

पूर्वराजा–शंकराचार्य कनेक्सन, राजा तल शंकराचार्यमाथि

पूर्वराजा–शंकराचार्य कनेक्सन, राजा तल शंकराचार्यमाथि
काठमाडौँ, ९ जेठ । धार्मिक स्थलहरूको दर्शन गर्ने भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह यही हप्ताको शुरुतिर मधेश झरे। बाराको सिमरामा आएका उनी सोमबार वीरगन्ज झरे तर मंगलबार भने अनौठो दृष्य देखियो। वीरगन्जमा एक हिन्दू धर्मका गुरु भनिएका शंकराचार्य वीरगन्जमा आए। उनी धार्मिक कार्यक्रम लिएर वीरगन्ज आएका थिए। शंकराचार्यले हिन्दू धर्मको कुरा गर्नु सामान्य हो। हिन्दू परिषद्को आयोजनामा वीरगन्जमा एक धार्मिक कार्...

कुखुराले रात विताउने आँपको बोट

कुखुराले रात विताउने आँपको बोट
काठमाडौं, ८ जेठ। गाउँ घरमापालिएका स्थानीइ जातका कुखुरालाई साँझ परेपछि सामान्य खोजर वा फुङ्लो भित्र राखिन्छ । दिनभर बारीम चर्ने कुखुरा साँझ पर्नेवित्तिकै खोरभित्र छिर्छन् । तर सर्लाहीको हरिवन नगरपालिका २ अत्रौलीका स्थानीयले पालेका कुखुरा भने साँझ परेपछि एउटा आँपको रुखमा चढ्छन् । दिनभरि घर छेउछाउका बारीमा चेर दिन विताउने कुखुराहरु साँझ पर्न थालेपछि स्थानीय गीत तिवारीको छेउछाउमा रहेको आँपको बोटम...

स्थानीय तहका कर्मचारी केन्द्र सरुवा हुनसक्ने

स्थानीय तहका कर्मचारी केन्द्र सरुवा हुनसक्ने
काठमाडौं, ८ जेठ । स्थानीय तहमा समायोजन भइसकेका कर्मचारी पुनः संघ केन्द्र मा सरुवा हुनसक्ने गरी तयार गरिएको संघीय निजामती विधेयक–२०७५ रायका लागि कानुन मन्त्रालय पुगेको छ । विधेयक मस्यौदामा समायोजनमा गइसकेका कर्मचारीले स्थानीय तहमा लगातार ६ र प्रदेश तथा स्थानीय तहका ३–३ वर्ष काम गरेपछि संघमा सरुवा गर्ने प्रस्ताव छ । विशेषज्ञहरुले भने संघीय प्रणालीमा गइसक्दा पनि कर्मचारी व्यवस्थापनमा यस्तो व्यवस्...

मलेसियामा कामदारकाे भिसा राेकियाे

मलेसियामा कामदारकाे भिसा राेकियाे
काठमाडौं, ८ जेठ । मलेसियाले रोजगार भिसा प्रक्रियाका लागि पहिलो चरण मानिएको इमिग्रेसिन सेक्युरिटी क्लियरेन्स (आईएससी) को काम अर्को सूचना जारी नभएसम्मका लागि सोमबारदेखि बन्द गरेको छ । कान्तिपुर दैनिकका अनुसार कामदारलाई आर्थिक भार पर्नेगरी मलेसियाले एकतर्फी रुपमा लागू गरेका ५ वटा संयन्त्रहरुलाई सरकारले हटाइदिएपछि मलेसियाले आईएससी काम रोकेको हो । आईएससीको काम गर्न मलेसियाले जीएसजी सर्भिस नेपाल प्र...
error: Content is protected !!