पर्वत, ११ जेठ । गर्भवती भएको थाहा भएपछि आफ्नी प्रेमिकाको हत्या गर्ने प्रेमीलाई पर्वत जिल्ला अदालतले सर्वस्व सहित जन्मकैदको फैसला गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Advertisement

समाचारका अनुसार पर्वतको बिहादी गाउँपालिका वडा न. २ बर्राचौरका प्रदिपराज पराजुलीलाई पर्वत जिल्ला अदालतले बिहीबार सर्वस्व सहित जन्म कैदको फैसला गरेको हो ।

पराजुलीले बागलुङ्कको जैमुनी नगरपालिका वडा नम्वर ८ छिस्तीकी आफनी प्रेमिका २२ वर्षिया कमला शर्मालाई गला रेटेर हत्या गरी कालीगण्डकीमा फालेका थिए ।

प्रेमिका शर्मा गर्भवती भएको थाहा भएपछि २०७४ साल माघ १७ गते नदी किनारमा बोलाएर गर्भपतन गर्न दबाब दिएका थिए ।

उनले लामो समय देखि विवाहको प्रलोभन देखाउँदै प्रेम सम्वन्ध राख्दै आएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!