संगालोखबर सम्बाददाता

धनकुटा । सहिदभूमि गाउँपालिकाले दलित समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत ३० र स्नातक तहमा अध्ययनरत ६ गरी ३६ जना विद्यार्थीलाई १ लाख ४५ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको हो ।

Advertisement

कार्यक्रमका गाउँपालिका अध्यक्ष मनोज राईले कक्षा ११ र १२ का दलित विद्यार्थीहरुलाई जनही ३ हजार र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई जनही ८ हजारका दरले छात्रवृत्ति प्रदान गरे । सो अवसरमा वोल्दै गाउँपालिका अध्यक्ष राईले पालिकाभित्र बसोबास गर्ने दलित समुदायको शैक्षिक विकासका लागि प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गरिएको बताए ।

उनले आगामी दिनमा पढाइमा अझै राम्रो प्रगति गर्न विद्यार्थीहरुलाई सुझाव दिए । हरेक क्षेत्रमा दलित समुदाय पछाडि परिरहेको भन्दै उनले विभेद र उत्पीडनमा परेकाहरुलाई उकास्न शिक्षा क्षेत्रको विकास गर्नुपर्ने आवश्यकता औल्याए ।

गाउँपालिकाको दलित विद्यार्थी छात्रवृत्ति वितरण छनोट समितिका संयोजक तथा कार्यपालिका सदस्य कुमार मंग्रान्तिको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, एमाले गाउँपालिका कमिटी अध्यक्ष नीरबहादुर राई लगायत सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!