संगालोखबर सम्वाददाता

धनकुटा । नेपाली काँग्रेस धनकुटाले आज स्वर्गिय बीपी कोइरालाको सम्झना गरेको छ । बीपीको ३९ औं स्मृति दिवसको अवसर पारेर काँग्रेसले ‘बीपीको विचार’ विषयक कार्यक्रम गरी उनको सम्झना गरेको हो ।

Advertisement

कार्यक्रममा काँग्रेस नेताहरुले वीपीले अंगालेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । तर, बीपीको नीतिलाई नेता कार्यकर्ताले विर्सिएको उनीहरुको गुनासो छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य लिला सुब्बा, संविधान सभा सदस्य अञ्जना ताम्ली, काँग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई लगायतले बीपीको विचार अहिले पनि सान्दर्भिक रहेको भन्दै त्यसलाई नेता कार्यकर्ताले अनुसरण गर्नुपर्नेमा जोड दिए ।

वीपीको विचारलाई आत्मासाथ गरी अघि बढेमात्र मुलुकले निकास पाउँने उनीहरुको तर्क छ । सो अवसरमा नेता कार्यकर्ताले वीपीको तस्वीरमा माल्यापर्ण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!