- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिका ८ याक्चनामा सुक्रवार बिहानदेखि भीषण डढेलो लागेको छ । जंगलमा अकस्मात आगो सल्किएको प्रहरीले जनाएको छ । डढेलोमा आसपासको वस्ति समेत जोखिममा पर्न सक्ने भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डढेलो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी र स्थानीयबासी परिचालित रहेको स्रोतले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!