संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको बालाजुमा मिनिबसको ठक्करबाट आज दुई जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी करिव ५० वर्षीया महिला छन् ।

विहान करिब ६ बजे बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा दुई जनालाई मिनिबसले ठक्कर दिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

Advertisement

दुई जनालाई किचेर फरार भएकाले बसको नम्बर खुल्न सकेको छैन । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!