संगालोखबर सम्वाददाता

काठमाडौँ । कक्षा १२ को नतिजा आज सार्वजनिक हुँने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतवार बसेको बैठकले सोमबार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि आज बिहान १० बजे बोर्ड बैठक बस्दैछ ।

Advertisement

गत मंसिर ९ देखि १६ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । जसमा ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी थिए । वैशाख र जेठमा नै लिइनुपर्ने परीक्षा कोरोना महामारीका कारण ढिलो भएको हो ।

यता, शिक्षकले संक्षिप्त परीक्षाको प्राप्तांक जथाभावी पठाएपछि नतिजा प्रकाशनमा पनि ढिलाई भएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!