सिमा ढकाल
सिमा ढकाल

नौ नौ महिना गर्भमा राखी
हामीलाई यो सुनौलो संसार देखाउने
पुजनीय नारी हो आमा

माता, जननी, सहनशीलता हौ तिमी
माया र ममताको खानी हौ तिमी
आफ्ना सबै दुःख र पीडा लुकाई
आफ्ना सन्तानलाई खुसी राख्ने व्यक्तित्व हौ तिमी

Advertisement

सन्तानका हितका लागि कर्म गर्छौ
यो धर्ती भर मर्म छर्छौ
सधै अनुशासित बन्न सिकायौ
सधै असल हुने प्रेरणा दिलायौ

आमा तिमी मेरो पुजनीय देवी
आशीर्वाद देउ आमा मलाई सधैँभरि

सिमा ढकाल
कक्षाः ४
पाथिभरा माध्यमिक विद्यालय, इटहरी             

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!