सोलुखुम्बु। दूधकौशीका गाउँपालिका–२ सोलुखुम्बुका ४८ बर्षीय राजेन्द्र बस्नेत मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीका अनुसार बिहीबार बिहान घरबाट झारफुकका लागि धामीकामा जान्छु भनेर हिँडेका बस्नेत साँझपख दूधकौशीका–५ मा मृत भेटिएका हुन् । उनी सामान्य बिरामी परेका थिए ।
उनको लडेर ज्यान गएको शंका गरिएको र शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।