Rabin Katel

धनकुटा । धनकुटाको मदनचोकस्थित मानव मोबाइल पसलले मोबाइल एक्सचेन्ज अफर ल्याएको छ । दशैँको उपलक्ष्यमा ग्राहकहरुलाई लक्षित गर्दै मानव मोबाइलले पुरानो मोबाइल साटेर नयाँ मोबाइल लैजान पाउने व्यवस्था मिलाएको हो ।

Advertisement

यो अफरमा जुनसुकै कम्पनीको पुरानो मोबाइल सेट साटेर उचित मूल्यांकन गरी आफूले चाहेको कम्पनीको नयाँ सेट लैजान सकिने मानव मोबाइल पसलका सञ्चालक रमेश पौडेल बताउँछन् । उनी भन्छन्, ‘जो सुकैले पुरानो मोबाइल सेट लिएर आउँन सक्नुहुन्छ, हामी त्यसको उचित दाम मूल्यांकन गरेर किन्छौं, अनि उहाँलाई त्यसको सट्टामा न्यून मूल्यमा नयाँ मोबाइल सेट दिएर पठाउँछौं ।’

अन्य पसलको तुलनामा पुरानो सेटको मूल्यांकन बढी र नयाँ सेट पनि विशेष छुटमा सस्तो मूल्यमा उपलब्ध गराउँने उनको दावी छ । सो पसलमा आइफोन, रेड्मी, रियलमी, ओप्पो, भिभो, सामसुङ, वानप्लस मोबाइल सेटहरु उपलब्ध छन् । मोबाइल खरिद गर्नेहरुलाई ‘लक्की ड्र’ मा सहभागि गराइनेछ । जसमध्ये भाग्यशाली ग्राहकले लुगा धुने ‘वासिङ्ग मेसिन’ उपहार पाउँनेछन् ।

मोबाइल मर्मतमा पनि विशेष छुट दिइने पसलले जनाएको छ । यसअघि पनि सो पसलले प्रेम दिवसको अवसरमा बिभिन्न मोबाइल कम्पनीसँग सहकार्य गरेर मेघा सेल मोबाइल एक्सचेन्ज मेला सञ्चालन गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement