विराटनगर । बिराटनगर महानगरपालिका–१९ स्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ३० बर्षीय फुलसरा ऋषिदेव छन् ।
सोमवार दिउँसो घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली गएर खोजतलास गर्ने क्रममा पोखरीमा ऋषिदेव मृत फेला परेका हुन् ।