Rabin Katel

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसको ६८ औं स्थापना दिवस मनाइएको छ । प्राध्यापक तथा कर्मचारीलाई सम्मान र क्याम्पस परिसरमा सरसफाइ गरेर स्थापना दिवस मनाइएको हो । विद्यावारिधि गर्ने पाँच जना प्राध्यापकहरूलाई सम्मानपत्र र क्याम्पसमा ३० वर्ष सेवा गरेका प्राध्यापक र कर्मचारीहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको छ ।

Advertisement

विद्यावारिधि गर्ने प्राध्यापकहरू डा.गोविन्दप्रसाद पोख्रेल, डा.अम्बिकाप्रसाद पौडेल, डा.यज्ञप्रसाद गुरागाईँ, डा.श्यामप्रसाद वाग्ले र डा.सुरेन सुब्बालाई सम्मानपत्र प्रदान गरि सम्मानित गरिएको हो । त्यस्तै, क्याम्पसमा ३० वर्ष सेवा गरेका प्राध्यापक संजितकुमार सिंलाई पनि सम्मान गरिएको छ ।

क्याम्पसमा तीन दशकदेखि सेवारत कर्मचारीहरू इन्दु श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, तीर्थमाया तामाङ, दिब्यप्रसाद मिश्र, रामबहादुर मगर, हिमादेवी गुरुङ, रत्न भुजेल, गोपाल कार्की, देवेन्द्र भुजेल, रेणु भुजेल र खड्गबहादुर कटेललाई कदरपत्र प्रदान गरी सम्मान गरिएको छ । कार्यक्रममा क्याम्पस प्रमुख सह–प्राध्यापक होमबहादुर बस्नेतले सम्मानपत्र र कदरपत्र प्रदान गरेर उनीहरूलाई सम्मानित गरेका हुन् ।

कार्यक्रममा त्रिवि प्राध्यापक संघका सभापति जनार्दन घिमिरे, नेपाल प्रगतिशील प्राध्यापक संगठनका एकाइ कोषाध्यक्ष काशीनाथ कटेल, प्रजातान्त्रिक प्राध्यापक संघका एकाइ सभापति सुन्दर श्रेष्ठ, सम्मानित डा.यज्ञप्रसाद गुरागाई र सन्जितकुमार सिंले क्याम्पसको प्रगति, उन्नतिको शुभकामना दिए ।

कार्यक्रममा क्याम्पस प्रमुख बस्नेतले क्याम्पस स्थापनाकालमा आर्थिक, भौतिक र शैक्षिक रुपमा योगदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे । अबको गन्तव्य क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्दै गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने भन्दै उनले त्यसका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे । २०१२ साल साउन १४ गते समाजसेवी, बुद्धिजीवी र शिक्षाप्रेमीहरुको सक्रियतामा ११ जना विद्यार्थीबाट धनकुटा क्याम्पस सुरु गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement