मोरङ । मोरङको सुन्दरहरैंचामा पैनीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा सुन्दरहरैंचा नगरपालिका–४ का हरि खड्काका ५ बर्षीय छोरा प्रदिप छन् ।
घर छेउमा रहेको पैनीले बालकलाई बगाएको थियो । बिहान करिव साँढे ९ बजे पैनीले बालकलाई बगाएर लैजाँदै गरेको देखेपछि स्थानीयवासीले उनको उद्धार गरेका थिए ।
बालकलाई उपचारका लागि ईटहरीस्थित बेदान्त अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।