झापा । झापाको बुद्धशान्ति गाउँपालिका–६ मा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा बुद्धशान्ति–४ का चन्द्र मावोका १२ बर्षीय छोरा इचिहाङ छन् ।
मंगलवार दिउँसो कुलोको पानीमा पौडी खेल्ने क्रममा डुब्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । शव पोष्टमार्टमका लागि मेची अस्पताल पठाएको छ ।