Rabin Katel

पाँचथर । पाँचथरको फालेलुङमा गएराती पहिरोले घर पुर्दा तीन जना बेपत्ता भएका छन् । अविरल बर्षाका कारण राती करिब १० बजे खसेको पहिरोले फालेलुङ गाउँपालिका–७ स्थित बिहिदिन बजार नजिकका दलबहादुर मगरको घर पुरेको हो ।

Advertisement

पहिरोमा परी दलबहादुरका ४२ वर्षीय छोरा दलप्रसाद, ३८ वर्षीया बुहारी गोमा र १९ वर्षीया भतिजी एलिसा बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका दलबहादुरलाई भने स्थानीयले तत्काल उद्धार गर्न सफल भएका हुन् ।

अहिले बेपत्ताहरुको खोजी गर्ने काम भइरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले बेपत्ताको खोजी गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement