संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिका–७ स्थित रमाइलो घुम्तीमा रहेको समाज डेन्टल क्लिनिकले तीन प्रकारका सेवा निःशुल्क प्रदान गर्ने भएको छ । अन्य सेवामा ४० प्रतिशतसम्म छुट दिइने क्लिनिकले जनाएको छ ।

असार १५ गतेदेखि साउन १० गतेसम्म शिविर सञ्चालन गरेर निःशुल्क र विशेष छुटसहितको सेवा प्रदान गर्न लागिएको समाज डेन्टलका डा.अंकित पोख्रेलले जानकारी दिए । उनका अनुसार अन्य बेला दुई सय रुपैयाँ पर्ने ओपीडी यो अवधिमा निःशुल्क हुँनेछ, बिरामीले ओपीडी शुल्क नतिरी दन्त सेवा लिन सक्नेछन् ।

त्यस्तै, दाँतको एक्सरे पनि निःशुल्क गरिनेछ । बुद्धि बंगाराबाहेक अन्य दाँत खोल्ने सेवा पनि निःशुल्क प्रदान गरिने डा.पोखरेलले बताए ।

समाज डेन्टलले किरा लागेको दाँतमा दाँतकै रङ्गको सिमेन्ट भर्ने, दाँतको उपचार जरैदेखि गर्ने, दाँत उखेल्ने, दाँत सफा गर्ने, दाँतको एक्सरे गर्ने, फिक्स दाँत राख्ने, झिक्न मिल्ने दाँत लगाउँने, बृद्धबृद्धाहरुलाई पुरै दाँत सेट लगाउँने, बाङ्गो टिङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने लगायत सेवा प्रदान गर्दै आएको छ ।

यी सबै सेवामा पनि ३० देखि ४० प्रतिशत छुट प्रदान गरिने समाज डेन्टलले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!