पोखरा । केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखराको फिर्केखोला नजिकै आज बिहान सडक भासिएको छ । सडक भासिँदा सडकसँगै एक घरसमेत भासिएको छ ।
पोखरा महानगरपालिका–४ स्थित बुढानिलकण्ठ किरियाकर्म अगाडिको सडक करिब १० मिटर सडक भासिएको हो । सडक भासिएको ठाउँमा पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरूङले अवलोकनसमेत गरेकी छन् ।