उर्लाबारी। फलामे गेटले किचेर आज यहाँ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका – ११ जनपथ टोलका ४५ वर्षीय गणेशप्रसाद आचार्य रहेका छन् ।

Advertisement

विराटनगर – १० का मनिष अग्रवालको गाडी चलाउँदै आएका आचार्य गएराति घरभित्र गाडी पार्किङ गरेर फलामको स्लाइड गेट लगाउने क्रममा उक्त गेट लडेर किच्दा गम्भीर घाइते भएका थिए ।

घाइते आचार्यको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिप्रका मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!