तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा पहिरोले दुई घरमा क्षति पुगेको छ । बजारकै आधादर्जन बढी घरहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।

Advertisement

तीन दिन देखि लगातार परेको वर्षाका कारण दुर्गा गुरुङ र युवराज बानियाको घरमा क्षति पुगेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए ।

वर्षाकै कारण त्रिमहोन माध्यमिक विद्यालय संक्रान्तिबजारको खेल मैदानको प्याराफिटमा पनि क्षति पुगेको शिक्षक रमेश ढकालले जानकारी दिए ।

क्षतिको एकिन विवरण भने आएको छैन् । घरहरुमा थप क्षति हुन नदिन डोजर, सुरक्षा कर्मी र स्थानीबासीहरुबाट पहिरो पन्छाउने प्रयास भइरहेको छ ।

पहिरोबाट  संक्रान्तिबजारमा रहेको मिक्चुङ बोर्डिङ स्कुल, तारा बानिया, तिलबहदुर ईङनाम, राम ईङनाम, सुमन नेपाल लगायतका घरहरु पहिरोको जोखिमा रहेको छन् ।

पहिरोको जोखिमा रहेका घरहरुमा उच्च सतर्कता अपनाउन ईलाका प्रहरी कार्यालयले निर्देशन दिइएको छ । वर्षा र पहिरोको जोखिमका कारण बजार दुई विद्यालयहरुमा पठनपाठन शुक्रबार बन्द भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!