संगालोखबर सम्वाददाता

धनकुटा, २७ साउन । आंशिक प्राध्यापकहरुले धनकुटा बहुमुखी क्याम्पसमा आज तालाबन्दी गरेका छन । त्रिभुवन विश्वबिद्यालय अन्तरगतका आंगिक क्याम्पसहरुमा प्रध्यापनरत आंशिक शिक्षकहरुलाई करार सेवामा प्रवेश गराईनुपर्ने माग गर्दै आंशिक प्राध्यापक संघले क्याम्पसमा ताला लगाएको हो ।

नेपाल आंशिक प्राध्यापक संघको देशब्यापी आन्दोलनको कार्यक्रम अनरुप धनकुटा बहुमुखी क्याम्पसमा पनि तालाबन्दी गरिएको आंशिक प्रध्यापक संघ धनकुटा बहुमुखी क्याम्पस इकाई संयोजक माधव भण्डारीले संगालोखबरलाई जानकारी दिए ।

Advertisement
धनकुटा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै आंशिक प्राध्यापकहरु ।

क्याम्पस खुल्नासाथ पुगेका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुख निरञ्जन वस्तीको कार्यकक्षमा ताला लगाएका हुन ।

केन्द्रिय कार्यक्रम अनरुप देशभरका ६० वटै आंगिक क्याम्पसमा तालबन्दी गरिएको नेपाल आंशिक प्राध्यापक संघले जनाएको छ ।  संघले साउन २६ देखि तीन दिनसम्म आंगिक क्याम्पसहरुका प्रमुख, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी र शैक्षिक हड्तालको घोषणा गर्दै माग पुरा गराउँन दवाव दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!