Avatar photoRabin Katel

धनकुटा । धनकुटाको मुलघाट नजिक मिनीट्रक पल्टिएर सडक ढाक्दा आज दिउँसो करिब आधा घण्टा कोशी राजमार्ग अवरुद्ध भएको छ । छिन्ताङ्गवाट खाद्यान्न लिन धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९२१० नम्बरको मिनीट्रक दिउँसो करिब ३ बजे मुलघाट माथि छ गोलाइमा पल्टिएको हो ।

Advertisement

दुर्घटनामा मानबीय क्षति भएको छैन । सहिदभूमि गाउँपालिका–३ का ३० बर्षीय सविन राईले चलाएको ट्रकमा उनीसँगै उनका वुवा पनि सवार थिए । वुवाको हातमा सामान्य चोट लागेको छ । उनीहरु आफै गाडी धनी हुन् ।

पल्टिएको ट्रकले सडक ढाक्दा करिब ३ः३० बजेसम्म आधा घण्टा सडक अवरुद्ध बनेको हो । अन्ततः ट्याक्टरमा डोरी लगाई तानेर ट्रक पन्साई सडकमा यातायात सूचारु गरिएको मुलघाटका बरिष्ठ प्रहरी हवल्दार सुरज नेपालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement