विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । जसका लागि दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जनाएका छन् ।
बैठकमा प्रदेश प्रमुख परशुराम खापुङ्गले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
प्रदेश सरकारले कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउँने बताइएको छ । असार १ गते प्रदेशको बजेट सार्वजनिक गरिनेछ ।