विराटनगर । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँले बढेको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले एकैपटक १० रूपैयाँ मूल्य बढाएको हो ।
योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेल र मट्टितेलको नयाँ खुद्रा विक्री मूल्य १५३ रूपैयाँ कायम गरिएको छ । एलपी ग्यास तथा हवाई इन्धनको विक्री मूल्य भने यथावत राखिएको छ ।