ताप्लेजुङ। विभिन्न स्थानमा पहिराका कारण दुई घरपरिवार विस्थापित भएका तथा आधा दर्जन बढी घर जोखिममा परेका छन् ।

पहिराका कारण फक्त्ताड्लुङ गाउँपालिका– ३ स्थित लिंखीमको थिवा बस्तीका डम्बरबहादुर लाबुङ लिम्बूको परिवार शुक्रबारदेखि नै विस्थापित भएको छ ।

Advertisement

सोही ठाउँमा रहेका सात घर पहिराको जोखिममा परेको स्थानीयवासीले बताएका छन् । बस्ती छेउमा उत्तर–दक्षिण ओलाङ्चुङगोला राजमार्ग सडक आयोजनाले सडक निर्माण गरेको तर तारसहितको पर्खाल नलगाएकाले त्यहीँबाट पहिरो बग्न थालेको स्थानीयवासीको भनाइ छ । विस्थापित लाबुङ परिवार छिमेकीको शरणमा छ ।

यता गए राति घरमाथिबाट झरेको पहिराले फुङ्लिङ नगरपालिका– ९ हाङ्देवाका वीरेन्द्र कार्कीको परिवार विस्थापित भएको छ भने सिदिङ्वा गाउँपालिका– ३ मा दुई घर जोखिममा परेका छन् ।

पहिराका कारण स्थानीयवासीले लगाएको धानखेतीका साथै अलैँचीबालीमा समेत क्षति पुगेको स्थानीयवासी प्रकाश राईले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!