ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

ई.सं. २०२२ मार्च २५ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण अष्टमी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण अष्टमी तिथी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, वरियान योग, बालव करण । नेपालमा सूर्योदय बिहान ६ः२ बजे, सूर्यास्त साँझ ६ः१७ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर ३४ मिनेट देखि ९ बजेर ६ मिनेट सम्म छ । आज चैत कृष्ण अष्टमी तिथी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कुनै प्रदर्शन वा प्रतिस्पद्र्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । व्यावसायिक काममा चुनौती देखिए पनि घरमा लक्ष्मी भित्र्याउने समय हो, मिहिनेत र लगनशीलताका माध्यमबाट प्रतिष्ठा प्राप्त हुनेछ, प्रतिस्पद्र्धी र शत्रु नै भए पनि तिनको क्रियाकलापसमेत सहयोगीका रूपमा देखापर्न सक्छन् । तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन हो, तर आज चुनौती र सङ्घर्षका माझमा काम निकालेर इज्जत जोगाउन सकिने समय हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रेमीप्रेमिकाका बीचमा तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा कमजोरी देखिने र चिन्तारशङ्का बढ्ने दिन छ । घरपरिवारमा सम्पर्क राखी भलाकुसारी गर्ने र पारिवारिक खरखाँचोका बारेमा जानकारी बटुल्ने समय हो । कुनै आकस्मिक भ्रमणबाट ज्ञान र धन जुटाउने अवसर मिल्नेछ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजमा राम्रो मुनाफा हुनसक्छ, तर मन भारी हुने तथा शरीरमा आलस्य जाग्ने समय हो । अस्वस्थ हुनुहुन्छ भने आराम गर्नु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
जीवनसाथीले भावना र इच्छाको कदर गर्ने समय छ, प्रयास गरेमा तनाव र बोझ कम गर्न सकिन्छ । कुनै मन पिरोल्ने समस्यालाई हल गर्न सक्नुहुन्छ । कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, याद गर्नुहोला, आज अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन हो । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउने दिन हो, सानो प्रयासले तपाईंको कीर्ति र प्रतिष्ठामा बृद्धि हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, नत्र आपसी समन्वय भताभुंग हुने डर हुन्छ । स्वास्थ्य अनुकूल रहनेछ, आकस्मिक यात्राबाट भाग्य बढ्ने दिन हो, प्रतिस्पद्र्धी र शत्रुले आँखा तरे पनि सामना गर्ने साहस गर्ने छैनन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बुद्धिकौशल तथा तपाईंको समझदारीले कमीकमजोरी हटाउन वा व्यवस्थापन पक्षमा सुधार ल्याउन मद्दत गर्नेछ । बारम्बार जिम्मेवारीलाई पूरा नगर्नाले मानसिक पीडा हुने वा आलोचना सुन्नुपर्ने हुन्छ । टाढा रहेका छोराछोरीको राम्रो समाचार आउने, सुखरसन्तोष मिल्ने राम्रो दिन छ । आफूले चिताएका हाँकेरताकेका काम पनि सम्पन्न हुने समय हो । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने प्रयास गर्नोस्, सफलताको जडी सूत्र पत्ता लाग्ने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो, आशा देखाउनेहरूले पनि सहयोग गर्ने अनुकूलता मिल्दैन । तर व्यस्त रहँदारहँदै दिन बितेको पत्तो पाइने छैन । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, त्यसै घोरिएर बस्नुभन्दा अभिभावकलाई स्पष्टसँग कुरा राखी निकास खोज्नु राम्रो हुन्छ । लाभदायक यात्राको योग छ, यद्यपि बास बस्ने गरी टाढा जाँदा असहजताको अनुभूति हुनेछ, मनमा चिन्ता, शङ्का वा असन्तुष्टि देखा पर्न सक्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ । हर्षित हुने कुनै समाचार सुन्न पाइने छ । सानो प्रयासले भाग्य बढ्ने समय भएकाले थोरैमात्र प्रयास गरेमा आम्दानीका मार्ग बढ्नेछन् । कठोर परिश्रम र कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै सानो प्रयासले रोकिएको आर्थिक स्रोतले गति समात्ने दिन हो । परहितको कामले शान्तिको अनुभूति हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी नाम चम्काउने समय छ । कमाइ व्यवस्थापन गर्ने राम्रो अवसर मिल्नेछ, आफ्नो प्रतिभा प्रदर्शन गरी वा कुनै अभिव्यक्तिगत कला प्रस्तुत गर्दै बोलीका माध्यमबाट धन र मान कमाउन सकिने छ । अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पेसा वा व्यवसायमा देखिएका असजिलो फुकाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेको गतिविधिमा नजर लाउनु बेस हुन्छ, शत्रु नजिकै छन् भन्ने बुझेर काम गर्ने दिन हो । आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन छ । व्यक्तित्व विकासका साथै आफ्नो शारीरिक र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । इच्छानुसार काम सम्पन्न हुनेछ, कतै घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
खर्चको मात्रा बढ्नुका साथै वैचारिक अस्थिरता देखिने दिन छ, तथापि सँगीसाथीको मद्दत लिएर हिम्मतका साथमा प्रयास गरेमा पेसागत र व्यवसायिक परिस्थितिमा सुधार आउने छ । सकेसम्म कार्यक्षेत्रमा आफैं खटेको जाति हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय छ । असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना हुन्छ । पारिवारिक जीवन ठीकै रहने छ, तर धनमालको नोक्सानी हुने दिन भएकाले तालसाँचो र राखनधरनमा सतर्कता अपनाउनुपर्ने हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
उच्चकोटिको शारीरिक सुख प्राप्त हुनेछ । यात्रा हुने सम्भावना पनि छ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । जोखिम मोलेर गरेको कुनै कामबाट आज अप्रत्यासित ढंगले लाभ लिन सक्नुहुन्छ । त्यस्तै आफ्नो बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका कतिपय विषयलाई प्राप्त गर्न सकिने छ । दैनिक कामधन्दामा सहजताको अनुभूति हुनेछ, दाम्पत्य जीवनमा पनि सोचेजस्तै समझदारी रहनेछ, साथीसंगी र बाल्यावस्थाका मित्रसँगसमेत भेटघाट हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्रतिस्पद्र्धीमाथि दबाब सिर्जना गरिने तथा पकड कायम हुने समय छ । खोजी गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्ने र मिहिनेत गर्दा लक्ष्यअनुसार काम सम्पादन हुने दिन हो । आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, आज प्रतिस्पद्र्धीसमेत सहयोग माग्दै तपाईंसामु आउन सक्छन् । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!