सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले प्रचण्ड र माधव नेपालको बोलीको टुंगो नभएको आरोप लगाएका छन् । राष्ट्रिय युवा संघ नेपाल, धनकुटाले शनिवार धनकुटा सदरमुकाममा गरेको बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

उनले प्रचण्ड र माधव नेपालको चार वटा मुख रहेको टिप्पणी गरे । ‘प्रचण्ड र माधवले एउटा कुरा बोल्छन, काम अर्कै गर्छन,’ नेता बस्नेतले भने, ‘चाइना तिर फर्केर एक ढंगले बोल्ने, अमेरिका तिर फर्केर अर्को बोल्ने, सडक तिर फर्केर ढुंगा हान्न लगाउने अनि बालुवाटारको कुर्सीमा आत्मसर्पण गरेर एमसीसी पास गर्ने काम गर्छन् ।’

प्रचण्ड, माधवले काक्रा चोरेर आफू खाने अनि वियाँ एमालेको टाउकोमा हालेर एमालेलाई चोर दोष लगाउँने काम गरिरहेको नेता बस्नेतले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!