चितवन । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित प्रमुख रेणु दाहालले आइतबार साँझ पदभार ग्रहण गर्दै सरकारी अस्पतालमा महिला र ज्येष्ठ नागरिकलाई बहिरंग टिकट शुल्क निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

Advertisement

प्रमुख दाहालले जिल्लाको सरकारी अस्पताल भरतपुरमा उपचारका लागि आउने महिला र ६० वर्ष नाघेका पुरुषको टिकट निःशुल्क गर्ने निर्णय गर्नुभएको हो ।

भरतपुर अस्पतालमा गत आर्थिक वर्षमा एक लाख ५५ हजार बिरामीले बहिरंग सेवा लिएका थिए । तीमध्ये ५५ प्रतिशत महिला र ज्येष्ठ नागरिक रहेको अस्पताल विकास समितिका सदस्यसमेत रहेका भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले बताए ।
जसका लागि वार्षिक रु ४१ लाख हाराहारी खर्च हुने उहाँको भनाइ छ ।

साठी वर्ष तलका महिलालाई बहिरंग टिकट शुल्क रु ३० लाग्दछ भने ज्येष्ठ नागरिकलाई रु १५ लाग्दछ । प्रमुखले पहिलो सदर गरेको निर्णयमा बिरामीको सङ्ख्या बढ्न सक्ने भन्दै वार्षिक रु ५९ लाख ४० हजार खर्चको अनुमोदन गरिएको छ ।

सो निर्णयको अनुमोदन गर्दै प्रमुख दाहालले महिलाको स्वास्थ्यका समस्यालाई आफूले राम्ररी बुझेको भन्दै महिलालाई उपचारको पहुँचमा ल्याउन बहिरंग टिकट निःशुल्क गरिएको बताए । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!