Avatar photoRabin Katel

धनकुटा । पाख्रीबास नगर स्तरीय गायन प्रतियोगितामा स्विकृति राई प्रथम भएकी छन् । २१ जना प्रतिष्पर्धीलाई उछिन्दै पाख्रीवासकी स्विकृतिले प्रथम स्थान हासिल गरेकी हुन् ।

Advertisement

प्रतियोगितामा सीता सिग्देल दोस्रो, आवन राई तेस्रो र इन्द्रबहादुर श्रेष्ठ सान्त्वना भएका छन् । त्यस्तै, स्विकार राई उदयमान गायक छनौट भएका छन् । बिजयी हुनेहरुले क्रमश ५ हजार, ३ हजार, २ हजार, १ हजार र ५ सय नगद पुरस्कार पाएका छन् ।

उनीहरुलाई पाख्रीवास नगरपालिकाका नगर प्रमुख बृषबहादुर राई, उप–प्रमुख देवकला तिम्सिना पौडेल, निर्णायक मण्डलका गंगा गौतम आचार्य, जेनिश राई, पूर्ण छिलिङ लगायतले नगदसहित प्रमाण पत्र प्रदान गरी अबिर लगाएर पुरस्कृत गरेका छन् ।

पाख्रीबास नगरपालिकाको सहयोगमा रुपान्तरणका लागि हाम्रो अभियान पाख्रीबासले प्रतियोगिता गरेको हो । प्रतियोगितामा २२ जना प्रतिष्पर्धी सहभागि थिए । नगरभित्र लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको कार्यक्रमका व्यवस्थापक ध्रुव एलेक्स पौडेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement