भक्तपुर । भक्तपुरमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । दुवाकोट अस्पतालमा केएमसीले आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा ५६३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १४३ जनाको रक्त परीक्षण, ७२ जनाको भिडियो एक्सरे र ४७ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएर शिविरमा आएका १३ जनाको दाँत उखेलिएको छ ।
डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले बिभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।