संगालोखबर सम्बाददाता
फाइल तस्वीर

विराटनगर । आज ७२ औं प्रजातन्त्र दिवस । देशभर बिभिन्न कार्यक्रम गरेर दिवस मनाइदैछ । २००७ साल फागुन ७ गते १०४ वर्षीया जहानियाँ राणा शासनको अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको रुपमा प्रजातन्त्र दिवस मनाउँन थालिएको हो ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षका क्रममा विसं १९९७ माघमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । प्रजापरिषद् दल भूमिगत रूपमा स्थापना गरी जनतामा जागरण ल्याएको अभियोगमा उनीहरुलाई मृत्युदण्ड दिइयो ।

Advertisement

बिपी कोइराला लगायतको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भयो । त्यही दिनको स्मरणमा हरेक बर्ष देशभर बिभिन्न गतिविधि गरेर प्रजातन्त्र दिवस मनाइदै आएको छ ।

यसैबीच, प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय १ जना कैदीको कैद सजाय मिनाहा गरेकी छन् । १२ जनाको सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गरेर जानकारी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!