संगालोखबर सम्वाददाता

विराटनगर । आगामी स्थानीय तहको चुनावमा उम्मेदवारहरूको चुनावी प्रचार गर्न पाउने अवधि १३ दिन मात्रै रहेको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ ।

Advertisement

त्यस्तै दावी विरोध लगायत कार्य सकेर वैशाख १५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि चुनावी प्रचारको समय सुरु हुन्छ ।

चुनाव हुने दिनभन्दा ७२ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ । त्यसैले उम्मेदवारहरूले बैशाख २८ गतेसम्म मात्रै चुनावी प्रचार गर्न पाउनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!