इलाम । इलामको माइजोगमाई गाउँपालिका–४ स्थित माई खोलामा डुबेर एक वालिकाको मृत्यु भएको छ । माछा मार्ने क्रममा खोलामा डुब्दा माईजोगमाई–४ का दिपक राईकी ९ वर्षीया छोरी अरिनाको मृत्यु भएको हो ।
सोमबार बेलुकी ४ बजे माई खोलामा माछामार्ने क्रममा वालिका पानीमा डुबेकी हुन् । उनी पानीमा डुबेर अचेत भएको अवस्थामा आमाले फेला परेकी थिइन् ।
उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।