संगालोखबर सम्वाददाता

झापा । झापाको भद्रपुर नगरपालिका–६ नयाँ बस्तीबाट कटुवा पेस्तोलसहित आज एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय मुगालाल माझी छन् ।

Advertisement

विशेष सूचनाका आधारमा बिहान करिव साढे ६ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी निरीक्षक दल कुमार राईसहितको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले माझीको घरमा खानतलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा एउटा कटुवा पेस्तोल बरामद गरेको हो ।

पक्राउ परेका माझीको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!