Avatar photoSangalo Khabar

धनकुटा, २१ साउन । कावेली विकास बैंकले जिल्ला अस्पताल धनकुटालाई एक थान टेलिभिजन प्रदान गरेको छ । धनकुटा सदरमुकाममा प्रधान कार्यालय रहेको उक्त बैंकले जिल्ला अस्पताललाई २८ हजार मुल्य बरावरको ३२ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र वादे श्रेष्ठ र जनसम्पर्क बिभाग प्रमुख मोहन ढुंगेलले अस्पतालका प्रमुख डा.मदनकुमार उपाध्यायलाई टेलिभिजन सेट हस्तान्तरण गरेका छन ।

Advertisement
अस्पताल प्रमुखलाई टेलिभिजन हस्तान्तरण गरिदै ।

अस्पतालमा आउँने बिरामीहरुलाई स्वास्थ्य सम्बन्धी जनचेतनामूलक सामाग्री देखाउँन र पालो कुर्न सहज होस् भन्ने उद्धेश्यले टेलिभिजन प्रदान गरिएको कावेली विकास बैंकका जनसम्पर्क बिभाग प्रमुख मोहन ढुंगेलले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा आएका विरामी तथा सेवाग्राहीलाई पालो कुरिरहेका वेला पेनड्राइभ मार्फत जनचेतनामूलक सामाग्री देखाउँन सजिलो हुँने भएकाले एलइडी टेलिभिजन प्रदान गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement