संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित लेगुवा–धनकुटा सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वालिका घाइते भएकी छन् ।

धनकुटाबाट संखुवासभातर्फ जाँदै गरेको प्रदेश नं–०१ –०५००१ प ३८३३ नम्बरको मोटरसाइकलले बुधबार दिउँसो करिब ३ बजे महालक्ष्मी–५ शिवरात्रीका दिलिप प्रसाद गौतमको छोरी ४ बर्षीया गृष्मालाई ठक्कर दिएको हो ।

Advertisement

मोटरसाइकलको ठक्करबाट वालिकाको टाउको र अनुहारमा चोट लागेको छ । घाइते वालिकालाई उपचारका लागि धरानस्थित विजपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनापछि मोटरसाइकल चालक संखुवासभाको चैनपुर नगरपालिक–२ का २४ बर्षीय सन्तोष कुमार लिम्बुलाई लेगुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!