विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनीक भवन उद्घाटन गरिएको छ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सोमबार एक कार्यक्रमकाबीच रिवन काटेर भवन उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सबै मिलेर विकासका काम गर्नुपर्ने धारणा राखे । ‘एक फुट जग्गा कट्यो भने ढुङ्गा लिएर उत्रने, अनि विकास भएन भनेर मोबाइलमा नेतालाई गाली गर्ने प्रवृत्ति छ,’ मन्त्री कार्कीले भने, ‘यो प्रवृत्तिले विकासका काममा अबरोध आउने गरेको छ । त्यसकारण विकासका काममा सबै मिलेर जानुपर्छ ।’
कार्यक्रममा लायन्स क्लब र लियो क्लब विराटनगरको आयोजनामा रक्तदान कार्यक्रम पनि गरिएको छ । रक्तदानमा ३३ पीन्ट रगत सङ्कलन भएको आयोजकले जनाएको छ ।