Avatar photoRabin Katel

काठमाडौं । सरकारले २०७९ साल जेठ ४ गते बुधबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको छ । स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने विषयमा सरकार र निर्वाचन आयोगबीच समझदारी भएको हो ।

Advertisement

बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए भने आयोगले पनि त्यही मितिमा निर्वाचन गर्न सकिने परामर्श दिएको थियो ।

छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै निर्वाचनको तयारी अघि बढाउन आयोगलाई आग्रह गरेका छन् । आयोगले यसअघि एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।

स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिने भएकाले त्यसअघि नै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने काुननी बाध्यता बमोजिम निर्वाचनको मिति तय गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement