काभ्रे । घरेलु तथा साना उद्योग कार्यालय काभ्रेकादुई कर्मचारीहरु घुस सहित पक्राउ परेका छन् ।

कार्यलयका सेवाग्राहीसँग १४ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा जिल्ला घरेलु कार्यलयका कार्यलय सहयाक हरि सुवेदी र माधव कुईकेल पक्राउ परेका हुन् ।

विहिवार दिउसो भुम्लु गाउपालिका ९ मा संचालन गर्नका लागि दर्ता गर्न लागिएको नारी समूह पोल्ट्री फार्म दर्ताका लागि थप १४ हजार रकम माग गरी घुस लिन लाग्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको हो ।

जिल्ला घरेलु कार्यलयका कर्मचारीहरुले सेवाग्राहीसँग रकम खाने गरेको गुनासो आएसँगै अख्तियारले अनुसनधान सुरु गरेको थियो । पोल्ट्री फार्म दर्ताका लागि अनावश्यक रकम माग गरेको उजुरीको आधारमा अख्तियार घरेलु कार्यलयमा सक्रिय भएको थियो ।

उजुरीका आधारमा अख्तियारले अनुसन्धान गर्दा घरेलुका कर्मचारीले घरेलु कार्यालय नजिकैको थापा होटलमा लगि रकम लिँदा लिँदै पक्राउ परेका हुन् । पक्राउ परेसँगै घरेलुका शंकास्पद फाइलहरु अनुसनधानको लागि अख्तियारले नियन्त्रणमा लिएको छ ।

स्रोतका अनुसार दैनिक जसो घरेलुमा काम लिएर आउने सेवाग्राहीसँग कर्मचारीहरुले रकम माग गर्ने गर्छन् र रकम नपाएसम्म यो मिलेन र त्यो मिलन भन्दै झमेला गर्छन् । रकम दिए पछि भने नमिल्ने काम समेत मिलाएर गरिदिने गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!