इलाम।मुख्य निर्वाचन अधिकृतको कार्यालयले साउन ३० का लागि जिल्ला समन्वय समिति गठन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख एक–एक, दलित वा अल्पसङ्ख्यक एक, तीन महिला सदस्य र खुल्ला सदस्य तीनजना रहने गरी नौ सदस्यीय समिति गठन गर्न निर्वाचन अधिकृतको कार्यालयका जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

Advertisement

भट्टराईका अनुसार साउन २७ गते मतदाता नामावली प्रकाशन, २८ गते उम्मेदवारको मनोनयन पत्र दर्ता, २९ गते दाबी विरोध, ३० गते बिहान उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने र सोही दिन दिउँसो मतदान हुनेछ ।

जिल्ला समन्वय समितिका लागि इलामका १० वटा स्थानीय निकायका २० जनाले मतदान गर्न पाउनेछन् जसमा स्थानीय निकायको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित सात वटामा नेकपा (एमाले) विजयी भएको छ भने तीनवटामा नेपाली काँग्रेस विजयी भएको छ ।

रोङ गाउँपालिकामा काँग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको हो भने फाकफोकथुम र माङसेबुङ गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमालेले जित हासिल गरिसकेको छ ।

साउन ३० गते हुने समन्वय समितिको निर्वाचनमा एमालेबाट १६ र नेपाली काँग्रेसबाट चारजना मतदाता सहभागी हुनेछन् ।रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!