संगालोखबर सम्बाददाता

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो

बुधबार ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज प्रतितोला ९२ हजार १०० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको तेजाबी सुनको मूल्य घटेर आज प्रतितोला ९१ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले घटेको आज १२ सय ४५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!