काठमाडौं । सरकारले सबै मेडिकल कलेजलाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार सबै मेडिकल कलेज र ५० शय्या क्षमताभन्दा बढी भएका निजी अस्पताललाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिइने छ ।

Advertisement

मेडिकल कलेज र निजी अस्पतालले चाहेको खण्डमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षमाथिका नेपाली नागरिकलाई सरकारको नियमानुसार कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने मन्त्रालयको भनाइ छ । खोप उपलब्धताका आधारमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप लगाउन आह्वान गरिएको सहप्रवक्ता डा.अधिकारीले जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!