संगालोखबर सम्बाददाता

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–२ मा आइतवार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३ सय भन्दा बढी विरामी लाभान्वित भएका छन् ।

Advertisement

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय रोयल युथ क्लवको सहकार्यमा शिवालय माध्यमिक विद्यालयको प्राङ्गणमा एक दिने शिविर सञ्चालन गरिएको हो । शिविरबाट १ हजार ३ सय ६५ विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

दाहालका अनुसार २११ जनाको रक्त परीक्षण, १९७ जनाको भिडियो एक्सरे र १८८ जनाको मुटुको जाँच (इसीजी) गरिएको छ । दाँतमा समस्या भएर शिविरमा आएका ३२ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ६२ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!