संगालोखबर सम्बाददाता

काभ्रे, २ पुस । काभ्रेको पनौतीमा शुक्रबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा नौं सय भन्दा बढी विरामीले निःशुल्क उपचार सेवा पाएका छन् । पनौती नगरपालिका–४ स्थित सामुदायिक बोर्डिङ्ग स्कूल र ज्ञान विकास पुस्तकालयसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरेको हो ।

Advertisement

सामुदायिक बोर्डिङ्ग स्कूलमा आयोजित शिविरमा ९ सय २१ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा १८९ जनाको रक्त परीक्षण, १६५ जनाको भिडियो एक्सरे र ९७ जनाको इसीजी गरिएको छ । दाँतमा समस्या भएर शिविरमा आएका २३ जनाको दाँत उखेलिएको छ ।

त्यस्तै, शिविरमा उपचार सम्भव नभएका ४१ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!