संगालोखबर सम्बाददाता

विराटनगर । नेपाली बजारमा बिहीबार एकैदिन सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक हजार रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ पुगेको हो ।

Advertisement

त्यस्तै तेजाबी सुनको मूल्यसमेत आज तोलामा एक हजार रुपैयाँले बढेको छ । तेजावी सून प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर आज प्रतितोला एक हजार २५० रुपैयाँ तोकिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!