संगालोखबर सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले रामचन्द्र पौडेलसँग भेट गरेका छन् । कोइरालाले आज बिहान बोहराटारमै पुगेर पौडेलसँग भेट गरेका हुन् ।

Advertisement

भेटका अवसरमा बाहिरी हल्लाको पछि नलाग्न भन्दै पौडेलले शेखरलाई जितको शुभकामना दिएका दिए । राति अबेर सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेलले आफूलाई सघाउने भनी प्रचार गरेकोप्रति संकेत गर्दै पौडेलले आफ्नो शुभेक्षा कोइरालालाई नैरहेको बताएका थिए ।

भेटका अवसरमा पौडेलले संस्थापनइतर एक हुन नसकेको भन्दै दुःख प्रकट गरेका थिए । सभापतिका दुई प्रत्यासी प्रकाशमान सिंह र शेखर कोइराला मिल्न सकेको भए राम्रो हुने उनको भनाइ थियो । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदैछ । शेखरसहित सभापतिका ५ उम्मेदवार छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!