Avatar photoRabin Katel

धनकुटा । धनकुटामा शनिवार (भोली) बाट सुरु हुँन लागेको दोस्रो एभोकाडो महोत्सवको तयारी पुरा भएको छ । धनकुटा नगरपालिकाको सह–आयोजना तथा धनकुटा नगरपालिका एभोकाडो कृषक समूहको आयोजनामा धनकुटा–६ परिचयमोडस्थित एभोकाडो पार्कमा दुई दिने महोत्सव गर्न लागिएको हो ।

Advertisement

महोत्सवका लागि स्टल निर्माणसहित आवश्यक सम्पूर्ण तयारी पुरा भएको आयोजक एभोकाडो कृषक समूहका अध्यक्ष खेमराज थापाले जानकारी दिए । महोत्सव स्थलमा ३५ वटा स्टल निर्माण गरिएको छ । बिहान ११ बजे प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनका अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ ।

महोत्सवमा धनकुटा नगरक्षेत्र तथा छिमेकी जिल्लाहरुमा उत्पादित एभोकाडो तथा एभोकाडोजन्य उत्पादनहरुको प्रदर्शनी, बिक्रि–वितरण तथा बिभिन्न साँस्कृतिक कार्यक्रम हुँनेछ । महोत्सवको दोस्रो अर्थात अन्तिम दिन एभोकाडो खेति सम्बन्धि समस्याका बिषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम राखिएको छ ।

धनकुटा नगरक्षेत्रमा उत्पादन हुँदै आएको सिट्रस जातको फलफूल सुन्तला, जुनार र मुन्तलाको उत्पादन घटिरहेको अवस्थामा एभोकाडोको व्यवसायिक उत्पादनमा जोड दिने उद्धेश्यले धनकुटा नगरपालिकाले २०७५ सालमा धनकुटा नगरक्षेत्रलाई एभोकाडोको राजधानी घोषणा गरेको छ ।

धनकुटा नगरपालिका एभोकाडो कृषक समूहको तथ्यांक अनुसार जिल्लामा करिब ५ सय व्यक्तिले एभोकाडो खेति गर्ने गरेका छन् । धनकुटामा बार्षिक करिब ५० मेट्रिक टन एभोकाडो उत्पादन हुँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement